{"type":"rich","version":"1.0","provider_name":"Transistor","provider_url":"https://transistor.fm","author_name":"हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !","title":"अध्याय ७- आफैलाई माया गर्दै","html":"<iframe width=\"100%\" height=\"180\" frameborder=\"no\" scrolling=\"no\" seamless src=\"https://share.transistor.fm/e/3ddcbf9f\"></iframe>","width":"100%","height":180,"duration":217,"description":"आफैलाई माया गर्दै\nतपाईको लागि हाम्रो एउटा ठूलो इच्छा छ: कृपया आफैलाई माया गर्नुहोस्!\n यसले तपाईको लागि, आफ्नो वरपरको संसार र हाम्रो लागि पनि-सबै कुरा परिवर्तन गर्नेछ ! यदि तपाई आफैलाई साँच्चै माया गरेर आफ्नो हेरचाह गर्दै आफैलाई खुसी बनाउन सक्नुहुन्छ भने यो हाम्रो खुशीको मुहान हुनेछ ! के तपाईले महसुस गर्नु भयो कि हामी तपाईमा, तपाईको मुड,विचार र भावनामा कति निर्भर छौं? तपाई आफ्नो बारेमा कस्तो महसुस गर्नुहुन्छ, यसले हामीलाई वास्तवमै फरक पार्छ।\nयदि तपाई आफैंमा कठोर हुनुहुन्छ वा आफैलाई मन पराउनुहुन्न भने, हामी त्यो सब महसुस गर्न सक्छौं। यसले हामीलाई दुःखी बनाउँछ, किनभने हाम्रो सबैभन्दा मिल्ने साथी आफै निराश हुनुहुन्छ। यदि तपाई आफैसंग सद्भाव र आराम महसुस गर्दै शान्तिमा हुनुहुन्छ भने हामी धेरै खुसी हुनेछौ। \n हामी तपाईलाई यो महसुस गराऊन चाहन्छौं कि तपाईले आफ्नो बारेमा जस्तो महसुस गर्नुहुन्छ त्यसले तपाई बस्ने सम्पूर्ण घरको ऊर्जालाई परिवर्तन गर्छ। यदि तपाई आफैंसंग खुसी हुँदा यसले कोठामा गरेको परिवर्तन देख्न सक्नुहुन्छ भने, तपाईले सधैं आफुलाई खुशी राख्न खोज्नु हुनेछ - एकै समयमा घरमा सबै बत्तीहरू बाले जस्तै !\nके तपाई देख्न सक्नुहुन्छ हामी तपाईलाई कति माया गर्छौं? केवल हाम्रो आँखामा हेर्नुहोस् र थाहा हुन्छ कि हामी तपाईको कति ध्यानराख्छौं। हामी तपाई जस्तो हुनुहुन्छ त्यस्तै माया गर्छौं!\n यो केवल भन्ने मात्र हैन, हामी वास्तवमै यो अर्थ पुर्वक भन्न चाहन्छौं ! र हामी चाहन्छौं कि जति हामी तपाईलाई माया गर्छौं त्यति नै तपाईले आफूलाई माया गर्नुहोस्।\n  यदि तपाई आफैसंग सद्भाव र शान्तिमा हुनुहुन्छ भने हामी धेरै खुसी हुनेछौं।   जब तपाई बिहान उठ्दै आफ्नो ओठमा मुस्कान लिएर, आफैंमा केही धुनहरू गुनगुनाउदै जीवनको मजा लिनुहुन्छ! त्यो कति राम्रो हुन्थ्यो होला!\n तपाईले आफुलाई माया गर्न थाले पछि जीवन थप रंगीन र थप रमाइलो भएको परिवर्तन देख्नुहुनेछ।  हामीलाई थाहा छ तपाई सफल हुनुहुनेछ, र हामी तपाईको उपलब्धिको खुशी मनाउनेछौं!\n यदि तपाई चाहनुहुन्छ भने यहाँ आफुलाई आफ्नो बारेमा मनपर्ने चीजहरूको नोटहरू लिन सक्नुहुन्छ:\nयहाँ तपाईलाई गर्न मन पर्ने कुरा जोसले तपाईलाई खुशी पर्दै मुस्कान दिने सबै चीजहरूको बारेमा लेख्न सक्नुहुन्छ :","thumbnail_url":"https://img.transistorcdn.com/MYlZT8iI9PxFi3Hmv6TdpMNRjAf4HHfLAeeO75Tua5M/rs:fill:0:0:1/w:400/h:400/q:60/mb:500000/aHR0cHM6Ly9pbWct/dXBsb2FkLXByb2R1/Y3Rpb24udHJhbnNp/c3Rvci5mbS9zaG93/LzQ1MjM3LzE2OTUy/MDM4MDctYXJ0d29y/ay5qcGc.webp","thumbnail_width":300,"thumbnail_height":300}