{"type":"rich","version":"1.0","provider_name":"Transistor","provider_url":"https://transistor.fm","author_name":"हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !","title":"अध्याय ३- हामी तपाईलाई सुन्छौं","html":"<iframe width=\"100%\" height=\"180\" frameborder=\"no\" scrolling=\"no\" seamless src=\"https://share.transistor.fm/e/f9876514\"></iframe>","width":"100%","height":180,"duration":294,"description":"हामी तपाईलाई सुन्छौं\nतपाईले हामीलाई वा एकअर्कालाई भन्नुभएको सबै कुरा हामीले बुझ्छौ भनी तपाईलाई जानकारी दिन चाहन्छौं। तपाईले के सोच्नु वा कस्तो महसुस गर्नु भै रहेको कुराहरु सबै हामीलाई थाहा हुन्छ।सायद तपाईले यो याद गर्नुभयो वा यसको बारेमा आश्चर्यचकित मान्नु भयो होला कि- हामीले तपाईका शब्दहरू, विचारहरू र तपाईका सबै भावनाहरूमा प्रतिक्रिया गर्छौं। तपाईको शब्दहरूले हामीलाई कसरी असर गर्छ भन्ने थाहा दिदै हामी विश्वास गर्छौं यसले तपाईको लागि सेवा प्रदान गर्नेछ। हुनसक्छ यसले तपाईलाई आफ्नो उर्जा, शब्दहरू र विशेष गरी हाम्रो वरिपरि तपाईको आवाजको स्वरको बारेमा सचेत हुन सहायता गर्नेछ। हामी यसको साँच्चै कदर गर्छौं।  हामीले तपाईको वास्तविक मनसाय र दयालु शब्दहरू सुन्दा सधैं हाम्रो कानमा मलम सरह लिन्छौं।  तपाईका शब्दहरू हामीलाई स्पष्ट र विश्वस्त रूपमा निर्देशित गर्न आवश्यक छ। तपाईले भनेको कुरा वास्तवमा सहि हुनेछ भन्ने विश्वास गर्न आवश्यक छ। तपाईको शब्दले प्रभाव पार्छ कि पार्दैन भनेर यदि तपाई दुई सोचमा हुनुहुन्छ भने हामीले प्रतिक्रिया नगर्न सक्छौं, वा तपाईले हामीलाई गर्न भन्नुभएको कार्य हामीले विपरीत गर्न सक्छौं - जुन वास्तवमा तपाई अझ बढी विश्वास गर्नुहुन्छ।\nतपाईसंग हाम्रो हृदय देखि तपाईको हृदय सम्म गरिने सीधा संचार नै हाम्रो मनपर्ने प्रकारको संचार हो। हामी सधैं तपाईको वास्तविक मनसाय सुन्छौं, र तपाईको आवाजमा दयालु शब्दहरू र कोमल ध्वनि हाम्रो कानमा मलम सरह लिन्छौं। हामी तपाईबाट आउने हरेक कोमल आवाजलाई माया गर्छौं - यसले हाम्रो लागि धेरै माया र हेरचाह समावेश गर्दछ - हामी यसलाई हाम्रो सबैभन्दा ठूलो उपहार जस्तै स्वीकार गर्छौं ! आहा ! आफ्नो आवाजले प्रेम साझा गर्न सक्षम हुन पाउनु कत्ति राम्रो उपहार !\n हामीलाई प्रेमको सुनौलो उजेली प्रदान गर्दै, तपाईको हृदयको ज्योति जब हामीमाथि चम्किरहेको अनुभव गर्छौं, यसले हामीलाई संसारको सबैभन्दा राम्रो अनुभूति दिन्छ त्यसैले हामीलाई तपाईसंग हुनुको यहि एउटा कारण हो।\n तपाईले हामीलाई दिने यो असीम प्रेम हाम्रोलागि कहिलै \"अत्ति धेरै\" हुन सक्दैन।\nतपाईको मायाले हामीलाई सुरक्षित,भरपर्दो, र आराम महसुस गराउँदछ। हामी सजिलै सास फेर्न सक्छौं र हामी खुशी र पूर्ण महसुस गर्छौं। तपाईको भावनाहरूले हामीलाई असर गर्छ, र कहिलेकाही हामी कस्तो महसुस गर्दैछौ भनेर तपाईलाई त्यसको...","thumbnail_url":"https://img.transistorcdn.com/MYlZT8iI9PxFi3Hmv6TdpMNRjAf4HHfLAeeO75Tua5M/rs:fill:0:0:1/w:400/h:400/q:60/mb:500000/aHR0cHM6Ly9pbWct/dXBsb2FkLXByb2R1/Y3Rpb24udHJhbnNp/c3Rvci5mbS9zaG93/LzQ1MjM3LzE2OTUy/MDM4MDctYXJ0d29y/ay5qcGc.webp","thumbnail_width":300,"thumbnail_height":300}