हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !

प्रश्न र उत्तरहरु

अधिक पशु संचार गर्नु अघि, हामी केहि प्रश्नहरू सम्बोधन गर्न चाहन्छौं जुन तपाईलाई मनमा आफ्नोलागि आउन सक्ला।

 
पशु संचारले कसरी काम गर्छ - म यो कसरी कल्पना गर्न सक्छु?
 
यस प्रकारको कुराकानी तपाईले कसैलाई फोन गर्दा गरेको कुराकानीसंग मिल्दोजुल्दो छ। तपाईले तिनीहरूलाई देख्न सक्नुहुन्न, तर तपाईलाई थाहा छ तिनीहरू त्यहाँ छन्। यो हाम्रो घरपालुवा जनावरको साथ समान छ - तिनीहरू पनि त्यहाँ छन्।

सायद तपाई सोच्नुहोला कि आफ्नो आँखा खुला वा बन्द गर्नु राम्रो हो।
 
जस्तै कुनै कुरामा ध्यान दिए वा चिन्तन गरे झै ,धेरै मानिसहरू आफ्नो आँखा बन्द गर्न रुचाउँछन्। कसैले आँखा खोलेर वा आधा खुला राखेर कुरा गर्न रुचाउँछन्। यसले पनि राम्रो काम गरेको देखिन्छ। यो तपाईमा भर पर्छ कि तपाईको लागी सबै भन्दा राम्रो के ले काम गर्दछ भनेर।
 
तपाईको पाल्तु जनावर तिनीहरूको सारमा तपाईसंग उपस्थित छ।
 
 
के तपाईलाई सम्पर्क गर्न आफ्नो घरपालुवा जनावरको फोटो चाहिन्छ? 
तपाईलाई तपाईको घरपालुवा जनावर वा तपाईले कुरा गरिरहनु भएको कुनै पनि जनावरको फोटोको आवश्यकता छैन।

तपाई आफ्नो घरपालुवा जनावर वा कुनै अन्य जनावर देख्न आफ्नो कल्पनामा भर पर्दै हुनुहुन्छ। यो भित्री छवि तस्बिरमा रहेको छविसंग मिल्दोजुल्दो नहुन सक्ला। केवल याद गर्नुहोस् कि तपाईको पाल्तु जनावर तिनीहरूको सारमा तपाईसंग उपस्थित छन् । तिनीहरूले आफूलाई नयाँ तरिकामा देखाउन सक्छन्।

 
तपाईले तिनीहरूको कम्पनलाई जुनसुकै रूपमा पहिचान गर्न सक्नुहुनेछ, किनभने तपाईले तिनीहरूलाई चिन्नुहुन्छ।
 

के तपाईसंग यस प्रक्रियाको बारेमा थप प्रश्नहरू छन्? तपाईले तिनीहरूलाई यहाँ नोट गर्न सक्नुहुन्छ। हामी सत्रहरू मार्फत जाँदा ति प्रश्नहरुको जवाफ तपाईले पाउनु हुने छ। तपाईले तल दिएको लिन्कमा पनि सम्पर्कमा रहेर र थप प्रश्नहरू सोध्न सक्नुहुनेछ।
 
www.voice-for-nature.com 

What is हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !?

तपाईका घरपालुवा जनावरहरूले तपाईलाई तिनीहरूको बारेमा के जानोस भनेर चाहन्छन्