हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !

 हामी परिवार हौं

म एउटा सानो कुकुर,
तर मन मेरो ठूलो छ।
मानिसहरूलाई हेर्दा, तिनीहरू मुस्कुराएको देख्छु,
म तिनीहरूलाई हँसाउँछु र महसुस गर्छु
कि हामी परिवार हौं -
हो, हामी परिवार हौं!
 
हामीमा विश्वास गर्नुहोस् र हामीसंग कुरा गर्नुहोस्,
किनकि हामी यहाँ रहन्छौ,
हाम्रो धेरै आवश्यक परेमा, हामी यहाँ छौं,
विश्वास गर्नुहोस् हाम्रो जब हामी भन्छौं:
हामी परिवार हौं -
हो, हामी परिवार हौं!

म तपाईहरु सबैलाई साँच्चै भन्न चाहन्छु
हामी तपाईहरुको मिल्ने साथी हौं भनेर,
जस्तो स्तिथि आए पनि, हामी तपाईको साथमा छौं
र तपाई राम्रो हातमा हुनुहुन्छ- कारण
हामी परिवार हौं -
हो, हामी परिवार हौं!
 
हामी संसारको सामना गर्न सक्छौं, हाम्रो साथी,
संगै हामी बलियो छौं।
हामीसंग हिड्नुहोस् र हामीसंग खेल्नुहोस्,
हामीलाई आफ्नो हृदयमा राख्नुहोस् किनभने
हामी परिवार हौं -
हो, हामी परिवार हौं!

What is हामी परिवार हौं -श्वेता श्रेष्ठ द्वारा नेपाली अनुवाद !?

तपाईका घरपालुवा जनावरहरूले तपाईलाई तिनीहरूको बारेमा के जानोस भनेर चाहन्छन्